महिला उद्यमी संघ नेपाल,तनहुँको चौथो साधारण सभा एंवम् दोसो अधिवेशन बुधबार सम्पन्न भएको छ।संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको थियो।सो अवसरमा बोल्दै न्यौपानेले महिला उद्यमीहरू प्रती व्यास नगरपालिका सधै सकारात्मक रहेको उल्लेख गर्नुभएको थियो ।



महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय सदस्य पर्वती पौडेल रेग्मीले महिलाहरूको अथक परिश्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्न सफल भएकोमा जोड दिनुभएको थियो ।
त्यस्तै वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले ,तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ ,तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी ,भुजेल महिला समाजकि केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी ब्रह्मा कुमारी यमुना लगाएतले महिला उद्यमीहरूले देशको आर्थिक विकासलाई समेत सहयोग गर्ने भएकाले सबै आफ्नो तहबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै महिला उद्यमी संघको गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसार गरेवापत पत्रकार बिकास खनाल, शिला वाग्ले र मनिता पन्थलाई सम्मानित गरिएको छ।

सोही अवसरमा महिला उद्यमी संघ तनहुँको ४ इकाइमध्ये कार्य सम्पादनमा शुक्लागण्डकी इकाइ उत्कृष्ट घोषित भएकोमा सम्मानित गरिएको थियो भने शुक्लागण्डकीस्थित नमुना जलदेबि कृषि समूह र व्यास–१० की मिना नेपालीलाई सफल उद्यमी सम्मान प्रदान गरिएको थियो ।



कार्यक्रमको स्वागत मन्तव्य संघकी प्रथम उपाध्यक्ष तुलसी शाहले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव सरस्वती श्रेष्ठ ९सरु० ले गर्नुभएको थियो।
उक्त कार्यक्रमको आर्थिक प्रतिवेदन कोषाध्यक्ष आशा बानियाँले प्रस्तुत गर्नुभएको थियो।\


