महिला उद्यमी संघ नेपाल, तनहुँको चौँथो स्थापना दिवसको अवसरमा खाद्यन्न समाग्री र कपडा सहयोग गरिएको छ । व्यास १० बैरेनी स्थित उज्यालाे घरलाई आईताबार खाद्यन्न समाग्री र कपडा सहयोग गरिएको हो ।


सो अवसरमा बोल्दै संघकी संस्थापक अध्यक्ष निर्मला मल्लले साहारा बिनहरुको साहारा बनेको उज्यालाे घरलाई स्थानिय तहले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएकोे थियो ।
वडा नं २ का वडा सदस्य रफत साना मियाले ,संघकी महासचिव सस्वती श्रेष्ठ सरु,काेषाध्यक्ष आशा बनिया,महिला उद्यमी संघ नेपाल तनहुँ दमौली बजार ईकाई उपाध्यक्ष चीजा गुरुङ लगाएतले थोपा थोपा बनेर समुद्र बन्ने हुदाँ उज्याले घरलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।


त्यस्तै उज्यालो घरका संचालक सागर घिमिरेले संघले स्थापना दिवसको अवसरमा सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमा संघ पदाधिकारी तथा अन्य सदस्यहरूकाे उपस्थित रहेको थियो।
