तनहुँ सदरमुकाम दमौलीमा रहेको लिओ क्लब अफ तनहुँको अध्यक्षमा रोबिन श्रेष्ठ चयन भएका छन् ।
क्लबकाे शनिबार सम्पन्न १६ औं साधारण सभाले वर्ष २०२५/२६ को अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रूपमा चयन गरेको हो ।
त्यस्तै प्रथम उपाध्यक्ष मुकेश बिडारी ,द्वितीय उपाध्यक्ष राम श्रेष्ठ ,कोषाध्यक्ष सागर श्रेष्ठ र सचिबमा अन्जना पन्थ चयन भएका छन्।