शुक्रबार भएको पत्रकार सुरेश रजकको हःत्या र सञ्चार माध्यम माथि भएको आक्रःमणको विरोःधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँले विरोःध सभा गरेको छ ।शनिबार बिहान दमौलीमा भएको विरोःध सभामा रजकको हःत्यामा संलग्न जो कोहीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाःहीको माग गरिएको हो ।
विरोध सभामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँका पुर्व अध्यक्ष ओमकार आचार्य, डम्बर अधिकारी ,प्रदीप काफ्ले लगाएतले पत्रकार रजकको हःत्यामा संलग्न जो कोहीलाई छानःबिन गरी हदैसम्मको कानुनी कारःबाही गर्नुपर्ने जोड दिनुभएको थियो ।
त्यस्तै जिल्ला शाखा तनहुँका अध्यक्ष डि पी अधिकारीले पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो । उक्त विरोःध सभामा जिल्ला क्रियाशिल पत्रकारहरुको उपस्थित रहेको थियो ।
पत्रकार रजकको हःत्या विरोःधमा शनिबार देशभर शोक तथा विरोःध सभा भएको थियो ।
