काठमाडौँ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रद;र्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रद;र्शन गरेका हुन् । 

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन;आन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो ।

राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गर्यो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोली समेत प्रहार भएको छ ।प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका जनाएका छन् ।

यस्तै झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको बताइएको छ । झपडका क्रममा घाइते भएकामध्ये ४ जना सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् । यसैगरी घरहरुमा तोडफोड भएको छ भने एक घरमा आगलागी भएको छ । आगलागी प्रदर्शनकारीले गरेका हुन् या के भन्नेबारे खुल्न सकेको छैन ।नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो । घटना हिंसात्मक बनेसँगै प्रदर्शनकारी तितरबितर बनेका छन् भने तिनकुनेमै शीर्ष नेताहरुले सम्बोधन गर्न तय भएको कार्यक्रम पनि बिथोलिएको छ । अहिले पनि तिनकुने क्षेत्रमा तनाव जारी नै छ ।