तनहुँको भानुमा भोली नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । भानु नगरपालिकाको आयोजनामा भानु १ भन्सार ग्रीनपार्क बँगैचामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको आयुर्वेद शाखाका रविन धितालले जानकारी दिनुभयो।
बिहान ८ बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा आयुर्वेद विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरि उपचार गरिने भानु १ कि वडा अध्यक्ष कान्छिमाया तामाङले बतानुभयो । शिविरमा हाडजोर्नी तथा नशा , बाल रोग, पेट रोग, मुत्ररोग, पाईल्स, पिनास, दम , युरिक एसिड, प्रसुति रोग लगायतका बिरामीले सेवा लिन सक्ने र औषधी निस्शुल्क उपलब्ध गराईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो।