व्यास नगरपालिका– १३ बेनिकोट स्थित रहेको  बेनिमित्र प्राथामिक विद्यालयका ३३ जना विद्यार्थीलाई आइतबार शैक्षिक सामाग्री सहयोग गरिएको छ ।  सिद्धबेनि माविका विव्यास अध्यक्ष यमबहादुर आले र प्रअ रोदन थापाले घरदैलो भर्ना अभियानको अवसरमा बेनिमित्रका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । 
सिद्धबेनि विद्यालयका विव्यास आलेले भविष्यमा विद्यार्थीहरु के बन्ने अन्योलतालाइ हटाइ विद्यार्थीमा भएको क्षमता पहिचान गरि लक्ष्य केन्द्रित पहिचान प्राप्तिमा विद्यालयले  हौसला प्रदान गर्दै आएको बताउनुभयो । 
बेनिमित्र प्रावि र सिद्धबेनि माविको सम्बन्ध रोटि बेटिको रुपमा रहिआएको छ। आफुलाइ आफ्नै घरको सदस्य सम्झेर व्यबहार गर्न अनुरोध गर्नुभयो । समय समयमा पढाउन, खेल खेलाउन, नृत्यकला जस्ता बिधामा प्रत्येक्ष रुपमा जोडिएर बेनिमित्र विद्यालयलाई अगाडि बढाउनको लागि सबै खालको सहयोग गर्ने सन्दर्भमा हाल शैक्षिक सहयोग हुने उदेश्यले स्टेसनरी हस्तान्तरण गरिएको बताउनुभयो । 
सिद्धबेनि माबिका प्र। अ रोदन थापाले बेनिकोट सुनकोटको रुपमा रहेको दमौली देखि १० किमी  नजिक रहेर पनि यहाको अर्गानिक कृषि हवका रुपमा बिकसित हुँदै गरेको सुन्तला बगैचा आकर्षण कृषिमा अबका नया पुस्तालाई शिक्षा मार्फत नै आकर्षण गर्न सकिने बताउनुभयो । 
बेनिमित्र प्रा। बि का प्र। अ। किसोर सुनामले बिधालयलाइ माया गरि सहयोग प्रदान गर्नुभएकोमा खुसी ब्यक्त गर्दै जुम्ल्याहा विद्यालयको रुपमा रहेको आन्तरिक सर सल्लाह सहयोग सिद्धबेनिले गर्दै आएको छ । 
बेनिमित्र प्राविका विव्यास अध्यक्ष लेख बहादुर थापाले लक्ष्य केन्दित शिक्षा तर्फ विद्यार्थीहरुलाइ भविष्यमा गएर के बन्ने स्पस्ट लक्ष्य हुन सके बिद्यार्थीको आत्मबल मा उर्जा भर्न सकिने हुदा बिद्यार्थी लाई बाटो म भेटदा उचित सम्मान हात मिलाउने अभ्यास सुरु गरी मित्रताको भावना जागृत गर्ने कार्य गरिएको बताउनुभयो ।