तनहुँ सुनचाँदी व्यवसायी संघको आयोजना र अन्तरिक राजश्व कार्यलय तनहुँको प्राविधिक सहयोगमा दमौलीमा एक दिने कर प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष एबं विशिष्ट सदस्य मोहन कुमार वि क रहनुभएको थियो । सो अवसरमा बोल्दै वि क ले उद्योगी व्यवसायीहरूलाई प्रशिक्षणले राम्रो दिशानिर्देश गर्ने बताउनुभयो ।

कार्यक्रममा अन्तरिक राजश्व कार्यलय तनहुँका कर अधिकृत हिमलाल चापागाईंले , नायव सुब्बा इश्वर आर्चाय र राम प्रशाद रोका प्रशिक्षक रहनुभएको थियो । प्रशिक्षकले करको दायरामा आउनुपर्ने, कर विवरण पेश, सम्पति शुद्धीकरण निवारण ,कागजातको व्यवस्थापन ,विवरण दाखिला, जोखिमबारे पहिचान, शुल्क जरिवाना लगाएत बिषयमा प्रष्ठ पार्नुभएको थियो ।

कार्यक्रममा महासंघका निवर्तमान सचिव केश बहादुर सुनार, महासंघका निवर्तमान सदस्य कृष्ण सुनार लगाएतले कर प्रशिक्षाण कार्यक्रमले उद्योगी व्यवसायीलाई थप टेवा पुग्ने भएकाले यस्ता कार्यक्रम हरेक वर्ष निरन्तरता गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा संघका कानुनी सल्लाहकार अमृत नेपाली ,संघका प्रेस सल्लाहकार सुरेश सेन्चुरी लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संञ्चालन संघका महासचिव पुर्ण बहादुर वि।कले गर्नुभएको थियो भने सो कार्यक्रममा सय जना भन्दा बढि व्यवसायीहरूको सहभागी रहेको थियो ।२०६९सालमा स्थापना भएको संस्थाले विभिन्न समाजिक कार्य समेत गर्दै आएको छ ।