महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नबिल बैंक लिमिटेड दमौली शाखाको सहयोगमा शनिबार दमौलीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
महिला उद्यमी संघ नेपाल तनहुँकि अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


साे कार्यक्रममा नबिल बैंक लि दमौली शाखा प्रमुख नारायण भट्टले प्रशिक्षण दिनुभएको थियो। उहाँले बैंक खाता नम्बरबाट हुने ठगीबारे प्रष्ट पार्नु भएको थियो ।उहाँका अनुसार खाता नम्बर जो सुकैलाई दिन नहुने आफ्नो आत्मिय साथी लाई मात्र दिनुपर्ने नभए हक्क हुन सक्ने बताउनुभएको थियो ।साथै भट्टले वित्तीयसँग आएका प्रश्नबारे प्रष्ठ पार्नुभएको थियो।

कार्यक्रममा संघका अध्यक्ष निर्मला मल्लले महिला चुलो चौकामा मात्र सिमित नभई वितिय साक्षरताले नेपालको अतर्थतन्त्रलाई पनि सहयोग गर्ने गरेको बताउनुभयो । समयको परिवर्तन सँगै प्रविधिहरू पनि आउने गरेकाले महिला उद्यमीहरूलाई यस्ता कार्यक्रम हरेक वर्ष निरन्तरता दिनुपर्ने उहाँले बताउनुभएको थियो ।


कार्यक्रममा वडा नं २ का वडा सदस्य रफत साना मिया ,पत्रकार अन्जना तिमिल्सिना ,संघका संस्थापक सल्लाहकार राधिका परियार लगाएतले अहिलेको समय महिलाहरूलाई वितीय साक्षरता महत्त्वपूर्ण रहेको र यसको प्रयोग सावधानीका साथ प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ५०जना भन्दा बढी महिला उद्यमीहरूको सहभागी रहेको थियो ।सो कार्यक्रममा स्वागत संघकी कोषध्यक्ष आशा बनियाले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन संघकी महासचिव सरस्वती श्रेष्ठ सरूले गर्नुभएको थियो ।