नेपाल पत्रकार महासंघको प्रशिक्षण विभागको संयोजक शोनी शर्मा मनोनयन हुनु भएको छ । गत माघ २८ र २९ गते बसेको बैठकले शर्मालाई नेपाल पत्रकार महासंघको प्रशिक्षण विभागको संयोजक मनोनयन गराएको हो ।
महासंघको विधानका उदेश्यहरुको परिपूर्ति र महासंघको हित सम्वद्र्धन गर्न विभिन्न विभाग तथा समिति निर्माण गर्ने क्रममा सो विभाग गठन गरि संयोजक मनोनयन गरिएको महासचिव रामप्रसाद दाहालले जनाकारी दिनुभयो । शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव समेत हुनुहुन्छ ।
