भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र देवघाट गाँउपालिकाको संयुक्त आयोजनाना देवघाटमा ६७ वटा कुकुरलाई रेविज विरुद्धको खोप तथा बन्ध्याकरण गरिएको छ । उक्त शिविरमा सामुदायिक कुुकुर ४१ र घरपालुवा कुकुर २६ वटा गरी ६७ वटाको कुकुरलाई रेबिज खोप र बन्ध्याकरण गरिएको हो ।
उक्त शिविरमा डा. अनन्त कोईरला, डा.राजेश कुमार चौधरी, डा. मनोज विश्वकर्मा र डा.आशिष् गौतम सहितको २२ जनाको पशु चिकित्सक टोली रहेका थिए । उक्त शिविर चैत्र ४ र ५ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा संचालन हुने बताइएको छ ।
