गोरखाली समाज तनहुँको अध्यक्षमा झलकनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् । समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको   हो ।  शनिबार व्यास–१४ स्थित छाब्दी बाराही मन्दिर परिसरमा अधिवेशनका साथै साँस्कृतिक बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको उपाध्यक्षमा सावित्रीदेवी अधिकारी,सचिवमा लक्ष्मण कट्टेल,सहसचिवमा सावित्री भण्डारी,कोषाध्यक्षमा दीपबहादुर श्रेष्ठ चयन भएका छन् । 
त्यसैगरी सदस्यमा बासुदेव श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,बिजया गौतम,चन्द्रमाया गुरुङ,मनिराम घले र जीतबहादुर गुरुङ लगायत ११ सदस्यीय कार्य समिति चयन भएका छन् । 
समाजका अध्यक्ष शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी समाजका ज्येष्ठ नागरिक बीरबहादुर गुरुङले व्यानर पढेर उदघाटन गर्नु भएको थियो । 
कार्यक्रममा स्याङ्जा–तनहुँ सम्पर्क सदनका सचिव कृष्ण गिरी,समाजका सल्लाहकार झनक नारायण श्रेष्ठ,सल्लाहकार सावित्री श्रेष्ठ,पूर्व अध्यक्ष नारायण प्रसाद अधिकारी लगायतका वक्ताहरुले समाजलाई सशक्त रुपमा अघि बढाउन सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।  
कार्यक्रममा स्वागत समाजकी उपाध्यक्ष सावित्री देवी अधिकारी र संचालन सचिव एस.बि.नेपालीले गर्नुभएको थियो । साथै सो अवसरमा सचिव र कोषाध्यक्षले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।