अगामी चैत ५ गते स्ववियु निर्वाचन हुदैछ।यतिबेला क्याम्पसहरूमा स्ववियु निर्वाचनकाे तयारी चलिरहदा तनहुँकाे भानुभक्त क्याम्पसमा भने तालाबन्दी भएको छ।
व्यास १ विज्ञानचाैर स्थित आदिकवी भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनमा मर्यादित नबनाएकाे भन्दै तालाबन्दी नै गरिएको छ ।

शुक्रबार विद्यार्थी संगठन(अखिल क्रान्तिकारी,अखिल (क्रान्तिकारी) बहुमत,अखिल समाजवादीले संयुक्त रुपमा तालाबन्दी लगाएका हुन्। क्याम्पस प्रशासनले आफुहरूले गरेकाे माग प्रती वेवस्ता गरेकाे भन्दै ताला लगाएकाे आदिकवी भानुभक्त क्याम्पस अखिल समाजवादीका अध्यक्ष विशाल रूचालले जनाकारी दिनुभयाे । उहाँका अनुसार क्याम्पस प्रशासनले यश विषयलाई ध्यान नदिए क्याम्पसमा निर्वाचन हुदैन । विद्यार्थी संगठनले बुधबार मात्रै क्याम्पस प्रशासनमा संयुक्त रुपमा विज्ञप्ति समेत बुझाएकाे थियाे ।
