तनहुँकाे डुम्रेमा जारी चाैँथाे डुम्रे महाेत्सवकाे नवाैँ दिन चर्चित गायिका शान्तरानी परियार र गायक रूपक डाेटेलले दर्शक नचाएका छन् ।रूपक डाेटेलकाे गीतमा दर्शकलाई वनकी चरीले लगाएत गित गाउदा दर्शकहरूले नाच्दै , ताली बजाउँदै भरपुर मनाेरञ्जन लिएका थिए ।महाेत्सवमा दर्शककाे भिड बढ्दै गाएकाे र बिहिवार गायिका सन्जना श्रेष्ठले लगाएत कलाकार आउदा बढी भिड भएकाे आयाेजकले जनाएकाे छ ।
उहाँका अनुसार ब्ल्याकफेदर ( blackfeather ) काे कन्सर्ट मा भिड थाम्न हम्मे हम्मे भएकाे थियाे ।


साथै महाेत्सवकाे दशाैँ दिन शुक्रबार गायक बद्री पंगिनी,गायिका सृजना खत्री (हाैडे माया) ,गायिका मन्जु वि क लगाएत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने कलाकार संयाेजक सुनिल श्रेष्ठ ले जनाकारी दिनुभयाे ।
व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा साे महाेत्सव सुरू भएकाे हाे ।
उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएको छ भने महोत्सवले चार करोड बराबरको अर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव भएको हो ।
