भानु नगरपालिका–१ पुलचोकमा बुधबार बाट चौथो डुम्रे महोत्सव सुरू भएकाे छ । महाेत्सवकाे दशाैँ दिन शुक्रबार गायक बद्री पंगिनी,गायिका सृजना खत्री (हाैडे माया) ,गायिका मन्जु वि क लगाएत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरू भएकाे महाेत्सव चैत ३ गतेसम्म संन्चालन हुनेछ।