व्यास १विज्ञानचाैर स्थित आदिकवी भानुभक्त क्याम्पसमा अगामी चैत ५गते हुने स्ववियु निर्वाचनमा मर्यादित बनाउन विद्यार्थी संगठन(अखिल क्रान्तिकारी,अखिल (क्रान्तिकारी) बहुमत,अखिल समाजवादी सहित संयुक्त रुपमा विज्ञप्ति बुझाएका छन् ।बुधबार क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई संयुक्त रुपमा विज्ञप्ति बुझाएकाे आदिकवी भानुभक्त क्याम्पस अखिल समाजवादीका अध्यक्ष विशाल रूचालले जनाकारी दिनुभयाे ।


उक्त विज्ञप्तिमा हामी विद्यार्थीहरुको हकहित र शैक्षिक क्षेत्रमा सुधारको निम्ति सक्रिय सहभागी सहित उम्मेदवार दिएका छौं। यतिबेला हामी स्ववियु निर्वाचनको माहोलमा सक्रिय सहभागी सहित प्रचारप्रसार गरिरहेका बेलामा क्याम्पस प्रशासन निष्पक्ष नदेखिएको र निश्चित पार्टीको भातृ संगठनलाई जिताउन नियतबस निर्वाचनको आचारसंहिता विपरित गतिविधि गरिरहेको कुरा बाहिर आएको छ। त्यसकारण यसप्रकारको आचारसंहिता विपरित गतिविधि रोक्न र विद्यार्थीहरुको समस्याहरुलाई मध्यनजर गर्दै निम्न मागहरु क्याम्पस प्रशासन समक्ष राख्दछौँ:
१) मासिक शुल्क नियन्त्रण गरियोस्
2.तत्काल फिकार्ड खारेज गरियोस्स्व ,वियुलाई पारदर्शी बनाइयाेस,रिन माना शुल्क र फिका रद्द गरियोस्,कलेजमा निर्वाचन आचारसंहिता हनन हुने कुनै पनि कार्य नगरियोस्
,विद्यार्थी नेताहरूले नै आइडी कार्ड नियन्त्रणमा लिएको हुनाले त्यस्तो लाई कडा भन्दा कडा कारबाही हाेस्, यदि यी मागहरू ४८ घण्टाभित्र पूरा नगरी यसको जिम्मेवारी स्वयं आफै कलेज हुने कुरा पनि जानकारी गराउँदछौँ ,यदि हाम्रो यो मागलाई पहिलाको जस्तै व्यवस्था गरिएमा हामी जस्तोसुकै संघर्ष पनि गर्ने कुरा चेतावनीपूर्वक जानकारी गराउँदछौँ उल्लेख गरिएको छ।