नेपाल विद्यार्थी संघद्वारा आदिकवि भानुभक्त क्याम्पसका लागि स्ववियु अध्यक्ष पदमा अनुप आले मगरले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि आलेले उम्मेदवारी दिएका हुन् ।त्यस्तै सचिवमा सागर पाण्डे, र कोषाध्यक्षमा रोशन ओझाले उम्मेदवारी दिएका छन्।विद्यार्थीका हकहितका लागि प्रभावकारी काम गर्ने उदेश्यले आफ्नो उम्मेदवारी दर्ता गराएकाे आलेले बताए ।यसअघि आले सचिव पदमा रहेर काम गरिसकेका छन् ।