“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित चौथो डुम्रे महोत्सव सुरू भएकाे छ । तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा साे महाेत्सव सुरू भएकाे हाे ।
दर्शकहरूको चाहनालाई मध्यनजर गरि शनिवार प्रिती आले लगायत गोजिमा दाम छैनका गायक राजन राज शिवाकोटी सहितका चर्चित कलाकारहरू आउने कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयाे ।साथै शुक्रबार सिम्रन परियारकाे प्रस्तुति स्वास्थ्यकाे कारण हुन नसकेको थिएन ।सिम्रनकाे प्रस्तुति शनिबार(आज) हुने श्रेष्ठले बताउनुभयो । उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएकाे छ ।महाेत्सव चैत ३ गतेसम्म संन्चालन हुनेछ।
