फागुन २१ गतेदेखि सुरु चौँथो डुम्रे महोत्सवमा जानेले बन्दिपुर केवलकारमा छुट र एनटिसिको सिम फ्री पाउने भएका छन् । दर्शकहरूको सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । यस्तै महोत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महोत्सवको टिकटमा बन्दिपुर केवलकार जान ३५५ छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा हरेक दिन ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिले दर्शकहरूको भिड बढ्दै गएको छ । दर्शकहरूको चाहनालाई मध्यनजर गरि शनिवार प्रिती आले लगायत गोजिमा दाम छैनका गायक राजन राज शिवाकोटी सहितका चर्चित कलाकारहरू आउने कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार शुक्रवार महोत्सवमा सिम्रन परियार र राजेश वर्देवा लगायतका कलाकारहरूको प्रस्तुति रहेको छ ।



व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हाे , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छाैँ महोत्सव का प्रवक्ता सुवाेध अधिकारीले भने ।
यस्तै महोत्सवमा बाख्राकाे चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएकाे महाेत्सव स्टल समिति संयाेजक राम जाेशीेले बताए ।


