चाैँथाे डुम्रे महाेत्सवकाे दाेस्राे दिन आज राष्ट्रिय ख्याति प्राप्त कलाकार श्याम रानाले स्टेज तताएका छन् । रानाले करिब आधा दर्जन लाेकगीत र दाेहाेरी गीत गाउँदै स्टेज तताएका हुन् । गायक रानाले गीत गाउँदा दर्शकहरूले नाच्दै , ताली बजाउँदै भरपुर मनाेरञ्जन लिएका थिए ।


यस्तै महाेत्सवमा प्रतिष्ठानका पुर्व अध्यक्ष अम्मर बिरही गुरूङ , वर्तमान अध्यक्ष रिता थापा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दर्शकलाई भरपुर मनाेरञ्जन दिएको कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । संयाेजक श्रेष्ठका अनुसार सुक्रवार महाेत्सवमा सिम्रन परियार र राजेश वर्देवा लगायतका कलाकारहरू आउने छन् ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएको छ भने महोत्सवले चार करोड बराबरको अर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव भएको हो ।