भानु नगरपालिका–१ पुलचोकमा बुधबार बाट चौथो डुम्रे महोत्सव सुरू भएको छ ।महोत्सवको दोसो दिन विहिबार चर्चित हस्यकलाकार श्याम राना मगरले दर्शकलाई नचाएका छन् ।
त्यस्तै चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ मा फागुन २३ गते शुक्रबार गायक निश्चल दवाडी आउने भएका छन् । चर्चित गायिका सिम्रन परियार र गायक तथा उद्घोषक रमेश वर्देवा र स्थानीय कलाकारहरूको प्रस्तुति रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरू भएको महोत्सव चैत ३ गतेसम्म संन्चालन हुनेछ।

उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएको छ भने महोत्सवले चार करोड बराबरको अर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव भएको हो ।