भानु नगरपालिका–१ पुलचोकमा बुधबार बाट चौथो डुम्रे महोत्सव सुरू भएकाे छ ।
महाेत्सवकाे दाेसाे दिन(आज) चर्चित हस्यकलाकार श्याम राना मगर आउने भएका छन् । साथै लाेक दाेहाेरी गायिका रिता थापा, अम्बर विरही गुरूङ र स्थानीय कलाकारहरूकाे प्रस्तुति रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरू भएकाे महाेत्सव चैत ३ गतेसम्म संन्चालन हुनेछ।
उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएकाे छ ।तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव भएकाे हो ।