व्यास १० बैरेनी स्थित उज्यालो घरलाई तनहुँ सुनचाँदी व्यवसायी संघद्वारा मंगलबार खाद्यान्न सामाग्री सहयाेग गरेकाे छ। संघकाे १२अाै स्थापना दिवसकाे अवसरमा उज्यालाे घरलाई चामल, नुन, तेल, तरकारी विस्कुट लगाएत खाद्यान्न सामाग्री सहयाेग गरेकाे हाे।संघका अध्यक्ष हरि गहतराजले उज्यालो घरलाई सबै मिलेर सहयाेग गर्नुपर्ने बताउनुभयाे । उज्यालो घरका संचालक सागर घिमिरेले संघलाई सहयाेगकाे लागि धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।साे कार्यक्रममा संघका पुर्व अध्यक्षहरू ,संघका पदाधिकारीहरू लगाएतकाे उपस्थित रहेकाे थियाे ।उक्त उज्यालो घरमा हाल सात जना बालबालिका रहेका छन् ।