महोत्सवको उद्वघाटन १२बजे भनिएकोमा विभिन्न कारण बस् १० बजे नै हुने डुम्रे महोत्सव भोलीबाट सुरु हुदैछ । भोलीबाट चौथो डुम्रे महोत्सव भोलीबाट सुरु हुदैछ । भोलीबाट सुरु हुने महोत्सवको उद्वघाटन उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले गर्नुहुनेछ । सो महोत्सवको उद्वघाटन १२बजे भनिएकोमा विभिन्न कारण बस १०बजे नै महोत्सवको उद्वघाटन हुने महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जनाकारी दिनुभयो ।
महोत्सवको उद्वघाटनको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महोत्सवका मुल संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो।

महोत्सवमा कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू पाइने महोत्सवका निर्देशक घनश्याम श्रेष्ठले जनाकारी दिनुभयो । महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने महोत्सवका सह निर्देशक राजेन्द्र पियाले जनाकारी दिनुभयो ।
महोत्सवमा रमाईलो मेला, खुल्ला लोक दोहोरी प्रतियोगिता,खुल्ला अन्तर विद्यालय नृत्य प्रतियोगिताका साथै उत्कृष्ट झाँकी प्रर्दशनलाई पुरस्कार रहेको डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।उहाँका अनुसार मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय कलाकारहरु श्याम राना ,राजु परियार,बद्री पंगीनी,रामजी खाँड,प्रिती आले,रमेशराज भट्टराई,अर्जन सापकोटा,रचना रिमाल,शन्तारानी परियार,शिव हमाल ,गिता थापा लगाएत अन्य कलाकारहरुको प्रस्तुती रहेने छ।
महोत्सवको लागि स्टल निर्माण काम ९५ प्रतिशत पूरा भएको महोत्सवका स्टल संयोजक राम जोशीेले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा उन्नत जातका बाख्रा पालन कृषिकहरु लागि बन्दिपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा नि शुल्क प्रशिक्षण दिनेछ । साथै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिने जोशीले बताउनुभयो ।

महोत्सवमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्न अनुमान गरिएको महोत्सवका आर्थिक संयोजक राजेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेका छौँ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव हुने महोत्सवका सचिवालय संयोजक महेन्द्र शाहीले जनाकारी दिनुभयो । भानु नगरपालिका वडा नं १ पुल्चोकमा सो महोत्सव हुने उहाँले बताउनुभयो ।
बाह्र दिन सम्म संञ्चालन हुने महोत्सवको समापन प्रतिनिधि सभा सदस्य माननीय शंकर भण्डारीले गर्ने महोत्सवका प्रचार प्रचार संयोजक राजेश पियाले जनाकारी दिनुभयो। “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित भोलीबाट चैत ३ गतेसम्म महोत्सव संन्चालन हुनेछ।
