चौथो डुम्रे महोत्सव आउन अब दुई दिन बाँकी रहेको छ । दुई दिन बाँकी रहदा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
महोत्सवको उद्धघाटन उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले गर्ने ईकाइका सभापति एंवम महोत्सवका मुल समारोह समिति संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो।
महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको महोत्सवका निर्देशक घनश्याम श्रेष्ठले जनाकारी दिनुभयो ।

महोत्सवमा कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू पाइने महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जानकारी दिनुभयो ।

महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने महोत्सवका सह निर्देशक राजेन्द्र पियाले जनाकारी दिनुभयो ।

महोत्सवमा रमाईलो मेला, खुल्ला लोक दोहोरी प्रतियोगिता,खुल्ला अन्तर विद्यालय नृत्य प्रतियोगिताका साथै उत्कृष्ट झाँकी प्रर्दशनलाई पुरस्कार रहेको डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।उहाँका अनुसार मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय कलाकारहरु राजु परियार,बद्री पंगीनी,रामजी खाँड,प्रिती आले,रमेशराज भट्टराई,अर्जन सापकोटा,रचना रिमाल,शन्तारानी परियार,शिव हमाल लगाएत अन्य राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेने छ।

महोत्सवको लागि स्टल निर्माण काम ९५ प्रतिशत पूरा भएको महोत्सवका स्टल संयोजक राम जोशीेले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा उन्नत जातका बाख्रा पालन कृषिकहरु लागि बन्दिपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा नि शुल्क प्रशिक्षण दिनेछ । साथै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिने जोशीले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव हुन लागेको महोत्सवका सचिवालय संयोजक महेन्द्र शाहीले जनाकारी दिनुभयो । भानु नगरपालिका वडा नं १ पुल्चोकमा सो महोत्सव हुने उहाँले बताउनुभयो ।

बाह्र दिन सम्म संञ्चालन हुने महोत्सवको समापन प्रतिनिधि सभा सदस्य माननीय शंकर भण्डारीले गर्ने महोत्सवका प्रचार प्रचार संयोजक राजेश पियाले जनाकारी दिनुभयो।