तनहुँको सदरमुकाम दमौली स्थित श्री जलदेवि माध्यमिक बिद्यालयका कक्षा ८र ९ मा अध्यनरत विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। शुभाराम्भ भादगाउँ बाल क्लवको आयोजना साथै सामुदायिक सेवा केन्द्र तनहुँको सहआयोजना मा सो कार्यक्रम सम्पन भएको हो । कार्यक्रमको प्रशिक्षक जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक राजु अधिकारीले गरेका थिए । कार्यक्रम शुभाराम्भ भादगाउँ बाल क्लबको अध्यक्ष सुशील बि क को सभापतित्व सम्पन भएको थियो। कार्यक्रमको प्रमुख व्यास नगरपालिकाका वडा १ का अध्यक्ष रमेश चन्द्र हड्खले रहेका थिए । उक्त कार्यक्रममा ९२ जना विधार्थीहरुको सहभागीता रहेको थियो।