व्यास १ भादगाँउ स्थित डमौली पब्लिक अंग्रजी स्कुलको २१ औँ वार्षिक उत्सव एंव अभिभावक दिवस बिहिबार दमाैलीमा सम्पन भएको छ । साे कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केश बहादुर सुनारको सभापतित्वमा सम्पन भएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै कट्टेलले नेशनल प्याब्सन अन्तरगत यस स्कुलले गत वर्ष व्यास नगरपालिका भित्र एस ई ई परिक्षामा सय प्रतिशत विद्यार्थी पास गर्न सफल भएको र आगामी दिनमा थप प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै भादगाँउ खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष चित्र बहादुर दरैले यस स्कुल पढाईमा मात्र सिमित नभई अत्तिरिक्त कार्यक्रम समेत उत्कृष्ट पर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल सन्त बहादुर तामाङ्गले यस स्कुलले विद्यार्थीको स्तर बृद्धि गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा थप हाैसला प्रदान गर्न भएकाले आफ्नो विद्यालय यसमा गम्भीर भएर लागेकाे बताउनुभयाे ।साथै स्कुलले अनुशासन ,जेहेन्दार र आथिर्क अवस्था कम्जोर १सय ५० जना भन्दा बढि विद्यार्थी छात्रवृत्ति प्रदान गर्दै आएकाे उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य ताराराम श्रेष्ठ,बिर बहादुर दरै,दोभान बोडिङ्ग स्कुलका सहायक प्रिन्सिपल जगत वि क ,ग्रीन स्टार बोडिङ्ग स्कुलका इन्चार्ज तेज प्रसाद लामिछाने,तनहुँ ज्ञानगंगा बोडिङ्ग स्कुलका प्रिन्सिपल ऋषिकेश क्षेत्री, न्यु मनकामना बोडिङ्ग स्कुलका सहायक प्रिन्सिपल शिव खनाल लगाएतले यस स्कुल तनहुँमा नमुन स्कुलको रुपमा स्थापना भएको बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे ।



२०६० सालमा स्थापना भएकाे स्कुलमा हाल ३ सय भन्दा बढि विद्यार्थी अध्यानरत रहेका छन्।