तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालले व्यास १ स्थित श्री बुद्ध दाहाल बहिरा प्रा विद्यालयमा भौतिक सामाग्री सहयोग गरेको छ । संघको १५ औँ वार्षिकत्सवको अवसरमा विद्यालयलाई दश हजार बराबरको विद्यार्थीका लागि दिवा खाजा, १वटा फिल्टर , २५ वटा तन्ना लगाएत भौतिक सामाग्री सहयोग गरेको हो । संघकी अध्यक्ष मञ्जु पिया श्रेष्ठको अध्यक्षतामा मंगलबार एक कार्यक्रका बिच सम्पन गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयक प्रध्यानध्यक कमला पौडेलले विद्यालयलाई सहयोग गर्नुभएकोमा संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । संघकी पुर्व अध्यक्ष रफत साना मियाले यस्ता असक्त विद्यार्थीहरुलाई एउटा संस्था वा व्यक्तिले मात्र सहयोग गरेर नहुने सबै जनाले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । सो कार्यक्रममा संघका सम्पुर्ण कार्यसमितिका पदधिकारीहरुको सहभागीता रहेको थियो । हाल उक्त विद्यालयमा २५ जना विद्यार्थी अध्यन्रत रहेका छन् ।

