तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तनहुँका स्थानीय तहलाई राष्ट्रिय परिचयपत्र छिटो– छरितो वितरण गर्न पत्रचार गर्नु भएको छ । प्रजिअ थापाले मंगलबार एक पत्र मार्फत पालिकामा वितरणका लागि लगिएको राष्ट्रिय परिचयपत्र छिटो वितरणका लागि ताकेता गरिएको हो ।उक्त पत्रमा जिल्ला प्रशासन कार्यलयबाट पालिकामा पठाईएको राष्ट्रिय परिचयपत्र वितरण ढिलो भएको र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ छपाई भै परिचयपत्र आउने कार्य पनि जारी रहेकाले तहाँ हस्तान्तरण भएको परिचयपत्रलाई अनलाइन वा अफलाइन बाट कर्मचारी र जनप्रतिनिधि सहित भै अभियानका स्पमा छिटो छरितो र प्रभावकारी रुपबाट वितरण गर्न अनुरोध गरिएको उल्लेख गरिएको छ ।