तनहुँका स्थानीय तहले फागुन १५ गते मगर दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका व्यास नगपालिका,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका,भीमाद नगरपालिका ,आँबुखैरेनी, ऋषिङ,बन्दीपुर, म्याग्दे,देवघाट र घिरिङ गाउँपालिका सार्वजनिक बिदा दिएका हुन्। नगरपालिका तथा गाउँपालिका कार्यपालिका बैठकबाट निर्णय गरी बिदा दिएका हुन् । स्थानीय तहको पालिका कार्यालय,वडा कार्यालय,स्वास्थ्य संस्था तथा सम्पूर्ण सार्वजनिक संघसंस्था बन्द गर्ने निर्णय गरेका हुन् ।
