तनहुँको डुम्रेमा हुने चौथो डुम्रे महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महोत्सवको तयारी अगाडी बढेको हो । तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव हुन लागेको हो ।
भानु नगरपालिका वडा नं १ पुल्चोकमा सो महोत्सव हुने ईकाइका सभापति एंवम महोत्सवका मुल समारोह समिति संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो। उहाँले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखिएको बताउनुभयो ।

महोत्सवमा स्टल बनाउने काम ७० प्रतिशत पूरा भएको महोत्सवका निर्देशक घनश्याम श्रेष्ठले जनाकारी दिनुभयो । महोत्सवको उद्धघाटन उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले गर्ने उहाँले जनाकारी दिनुभएको छ ।

महोत्सवमा कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी ,महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने महोत्सवका सह निर्देशक राजेन्द्र पियाले जनाकारी दिनुभयो ।

महोत्सवमा चार करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने महोत्सवका आर्थिक संयोजक राजेश श्रेष्ठले जनाकारी दिनुभयो ।

महोत्सवमा रमाईलो मेला,मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।

महोत्सवमा १ सय २५ वटा स्टल बनाइएकोमा सबै बुक भएर व्यवसायीहरूबाट थप माग भए पछि अहिले २५ वटा स्टल थप गरिएको स्टल संयोजक राम जोशीले जनाकारी दिनुभयो । उहाँका अनुसार थप भएको २५ सहित सबै स्टल बुक भइसकेको छ र त्यसमध्ये ११ वटा स्टल कृषि र दुईवटा स्टल पशु अन्तर्गत उन्नत जातका बाख्रा प्रदशनिलाई निशुल्क दिन छुट्याइएको छ । महोत्सवमा आउने दर्शकलाई मध्यनजर गर्दै बाख्राको चिज निशुल्क रूपमा खान पाउने व्यवस्था मिलाइएको जोशीले जनाकारी दिनुभयो ।

महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन यस अगाडि नैं विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको सचिवालय संयोजक महेन्द्र शाहीले जनाकारी दिनुभयो ।

महोत्सबमा दर्शकहरुको उल्लेखनिय आगमन हुनेमा विस्वास्त रहेको महोत्सबका प्रवक्ता सुबोध अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो समय हावा ,पानी आउन सक्ने भएता पनि महोत्सवलाई केही असर नगर्ने बताउनुभयो । त्यसको लागि हामी पुर्व तयारीका साथ अगाडी बढेका छौँ उहाले भन्नुभयो ।

सडक ब्यानर,बस ब्यानर ,पत्रपत्रिका,अनलाईन मिडिया ,सामाजिक सञ्जाल प्रयोगकर्ता लगाएत सबैबाट महोत्सवको व्यापक प्रचार प्रसार गरिएको महोत्सवका प्रचार प्रचार संयोजक राजेश पियाले जनाकारी दिनुभयो।
