राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले पनि भारतको प्रयागराजस्थित महाकुम्भमा पुगेका छन्।सोमबार सामाजिक सञ्जालमा रिल्स राख्दै वाग्लेले आफू प्रयागराजमा जारी महाकुम्भमा पुगेको जानकारी दिएका हुन्।
भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा महाकुम्भ मेला चलिरहेको छ। गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्न करोडौं धर्मलावलम्बीहरू पुग्ने गरेका छन्।
‘६५ करोड धर्मवालम्बीहरू यहाँ आएर स्नान गरेको भन्ने अनुमान छ। हामी पनि नेपालबाट जो आफै हिमालयका पवित्र हिमनदीहरू मिसिने यही गंगामै हो। यहाँ आएर आस्था जनाउने पूर्वजहरूलाई सम्झने अवसर मिल्यो। यो फरक अनुभव मिलिरहेको छ,’ उनले त्यहाँ पुगेर भनेका छन्।१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्। साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ।