ब्यास न पा वडा नं।१३ स्थित श्री बेनिमित्र आधारभुत बिधालयको ५२ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन भएको छ । सो भेला लेख बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै ब्यास १३ का वडा अध्यक्ष वसन्त बहादुर आलेले बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तरगत आफ्नो प्रतिभा पहिचान गरि प्रस्तुत गर्न सक्नु पनि ठुलो कला रहेको बताए।

त्यस्तै ब्यास १३ का जनप्रतिनिधि वडा सदस्य नर बहादुर थापाले हिजोको बेनिकोट र आजको बेनिकोटमा आएको परिवर्तन बारे चर्चा गरेका थिए।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापा,बि ब्य स सदस्य केशर बहादुर थापा लगाएतले अबका युवा तातिनुपर्ने भोलिका भबिस्यको अभिभारा समाल्न समाज परिवर्तनमा उल्लेखनीय भुमिका युवाको रहने बताएका थिए।

बिधालयका प्र। अ। किशोर सुनामले आर्थिक बर्ष ८०र८१को आय ब्याय वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल बिधालयमा शुक्क लिइदै आएको सन्दर्भ उल्लेख गर्दै आगामी आर्थिक बर्ष ८२ र८३ बाट निशुल्क शिक्षाको वातावरण मिलाउने तर्खरमा विद्यालय रहेको बताए।

बिधालकी सहायक प्र अ मधुमाया रानाभाटले यथास्थिति परिस्थितिको बारेमा उल्लेख गर्दै बिद्यार्थीको सिकाइ प्रक्रियामामा शिक्षक, समाज, अभिभावकको अभिभारा रहेको बताइन्। कार्यक्रम संचालन शिक्षक ईश्वर बास्तोलाले गरेका थिए।।