तनहुँको डुम्रे बजारमा हुने भनिएको महोत्सवको समय तालिका परिर्वतन गरिएको छ । प्रविधिक कारण बस महोत्सवको समय परिवर्तन गरिएको आयोजकले जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दे चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने जनाकारी गराईएको हो ।
महोत्सवले धार्मिक ,जैविक एंव संस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य ,कृषि, पर्यटनमा टेवा पु¥याउने लक्ष्य रहेको ईकाइका सभापति एंवम महोत्सवका मुल संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो।

यस क्षेत्रका आर्थिक सामाजिक सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको महोत्सवका निर्देशक घनश्याम श्रेष्ठले जनाकारी दिनुभयो ।

महोत्सवका मुख्य गतिविधिहरु कृषि प्रदर्शननी, हस्तकला प्रर्दशनी,साँस्कुतिक प्रर्दशनी,धार्मिक एंव ऐतिहाँसिक स्थलको प्रवद्र्धन,जलविहार,साँस्कृतिक नमुना ग्रामको भ्रमण गरिने महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जनाकारी दिनुभयो ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, जनजाति खाना स्टल, सुचना केन्द्र स्टल ,व्यापारिक स्टल लगाएत १ सय वटा स्टल रहने महोत्सवका स्टल संयोजक राम जोशीलेले जनाकारी दिनुभयो । महोत्सवको स्टल बुकिङ आधा भन्दा बढी भईसकेको र स्टल निर्माणको कार्य सुरु भएको जोशीले बताउनुभयो ।

महोत्सवमा रमाईलो मेला,मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।

सो पत्रकार सम्मेलनमा भानु नगरपालिका नगरप्रमुख आनन्दराज त्रिपाठी,बन्दिपुर गाँउपालिका उपाध्यक्ष पन्च माया गुरुङ, महोत्सवको मुख्य प्रयोजक एंवम बन्दिपुर केवलकार म्यानेजर रोमनमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डि पि आधिकारी लगाएतले महोत्सव सफल पर्न सबैले आ–आफ्नो तहबाट सहयोग एंवम प्रचार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।






