व्यास नगरपालिका–६ स्थित शिशाघाटमा आयुर्वेद औषधालयको नवनिर्मित भवन निर्माण गरिएको छ । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको रु।एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको हो ।
भवन उदघाटन गरी सेवा प्रवाह संचालनमा ल्याइएको व्यास–६ का वडाध्यक्ष एवं शिशाघाट आयुर्वेद औषधालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।
उक्त स्थानमा आयुर्वेदिक विधिबाट उपचार सेवा सुरु भएपछि तनहुँ,लमजुङ र कास्कीका केही क्षेत्रका बासिन्दाले सेवा लिन सक्ने उहाँले बताउनुभयो । भवनको व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त भवनको उदघाटन गर्नुभएको थियो ।
