व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालय पूर्व विद्यार्थी एसोसिएसनको नयाँ कार्य समिति चयन गरिएकाे छ।
एसोसिएशनको बुधबार सम्पन्न भएकाे तेश्रो अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । एसोसिएसनको अध्यक्षमा नारायण प्रसाद कोइराला चयन भएका छन् । समितिको उपाध्यक्षमा गिरीमाया मिश्र,बिष्णुप्रसाद श्रेष्ठ,सचिवमा वीरबहादुर बस्नेत,कोषाध्यक्षमा दीपेन्द्र सापकोटा,सदस्यहरुमा बिष्णु प्रसाद पाण्डे,मानसिं दरै,विमला भट्टराई,संञ्जय गुरुङ,किस्मत श्रेष्ठ र सुशिल बिक रहेका छन् । त्यसैगरी सल्लाहकारमा डा.शेषरमण न्यौपाने,रमेशचन्द्र हड्खले र गणेशचन्द्र बस्नेत रहेका छन् ।