तीन दिवसीय बहुजातीय सांस्कृतिक महोत्सव सुरु आजबाट तीन दिवसीय खुल्ला व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव सुरु भएको छ । व्यास नगरपालिकाको संरक्षक,व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा महोत्सव सुरु गरिएको हो ।
महोत्सवको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले आफ्नो संस्कृति र संस्कार पहिचान गर्ने यो सुनौलो अवसर भएको बताउनुभयो ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवले सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि महोत्सव आयोजना गरेको बताउनुभयो ।
महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले ,नगरपालिका उपप्रमुख इन्दिरा दरै,प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने ,महोत्सव प्रचारप्रसार संयोजक अन्जना तिमल्सेना लगाएतले महोत्सवले व्यास नगर भित्र बसोबास गर्ने विभिन्न जातीय कला, संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभएको थियो ।
नगर भित्रका २९ भन्दा बढी जातजातिको कला–संस्कृति प्रदर्शन गरिनेछ । महोत्सवमा मूर्तिकला, ललितकला, चित्रकला लगायतका कलाहरूको प्रदर्शनी समेत गरिएको छ।

