तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई दश दिनको म्याद थप गरिएको छ । गुरुङले सोमबार सोही वडाका वडा सचिव नवीन भुसालमाथि कुट;पिट गरेपछि प्रहरी पक्रा;उ गरेको थियो । भलिबल प्रतियोगितामा इस्टिमेट भन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्र;मण गरेका हुन् । अध्यक्ष गुरूङको प्रहारबाट घाइ;ते वडा सचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ । कुटपीटबाट घाँटी सुनिएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको तनहुँका सुचना अधिकारी राजु अधिकारीले जानकारी दिनुभयो । साथै पीडितको जाहेरी अनुसार मंगलबार वडाध्यक्ष गुरुङलाई अभद्र ब्यबहार मुद्धा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कार्यालय तनहुँबाट दश दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
