तनहुँको देवघाटबाट एक नाले भरुवा बन्दुक सहित दुई ब्यक्ति पक्रा;उ परेका छन् । पक्रा;उ पर्नेमा देवघाट गाउँपालिका ४ आँमडाँडा बस्ने ६१ बर्षय शंखवीर गुरुङ र देवघाट खोडे बस्ने ६८ बर्षय कृष्ण बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी राजु अधिकारीले जनाकारी दिनुभयो । निजहरूको घर कोठा खानतलासी गर्दा शंखवीरको भान्सा कोठा भित्र लुकाई छिपाई राखेको एक नाले भरुवा ब;न्दुक २ थान र कृष्णको घरकोठा भित्र लुकाई छिपाई राखेको एकनाले भरुवा ब;न्दुक १ थान बरामद गरेको अधिकारीले बताउनुभयो । निजहरू उपर हात;हतियार तथा खरखजना मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।