जिल्ला प्रशासन कार्यलय तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले समाज सकारत्मक भन्दा नकारत्मक तर्फ अगाडी बढेको बताउनुभयो। मंगलबार सामुदायिक सेवा केन्द्र दमौलीद्धारा आयोजित परिचयत्मक कार्यक्रममा केही अपराधिक घटना बारे सकारत्मक भन्दा नकारत्मक टिपणी बढी हुने गरेको थापाले बताउनुभएको हो । विभिन्न मानसिकताका मानिसले गर्दा नकारत्मक दृष्टिकोण बढी हुने गरेको उहाँले बताउनुभयो।
सो कार्यक्रममा बोल्दै प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले समाज अहिले जटिल अवस्थामा रहेकाले लागुऔषध ,दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यलय तनहुँ अगाडी बढ्को बताउनुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला अध्यक्ष डि पि अधिकारीले सामुदायिक सेवा केन्दले्र सामुदायिकसँग केन्द्रित रहेर कार्य गरेको बताउनुभयो ।
वडा नं १ का अध्यक्ष रमेशचन्द्र हड्खलेले केन्द्रले बजारक्षेत्र भित्र ट्राफिक जनचेतना ,लागु औषध लगाएतका विषयलाई उच्च प्रथामिताका साथ निगरानी राखी जनचेतनाका कार्यक्रम गर्दै आएको बताउनुभयो ।
केन्द्रका अध्यक्ष राजेश्वर हड्खलेको अध्यक्षतामा सम्पन भएको कार्यक्रमकमा स्वागत उपाध्यक्ष गोविन्द पन्थले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन तारानरेश पौडेलले गर्नुभएको थियो ।