नेपाल टेलिकम तनहुँले २१ औं बार्षिकोत्सवको अवसरमा आयोजित फ्रेममा फोटो खिचाउने प्रतियोगितामा भाग लिएकाहरुको गोलाप्रथाबाट पुरस्कार सार्वजनिक गरेको छ ।टेलिकमको २१ औं बार्षिकोत्सवमा २१ जना ग्राहकलाई गोलाप्रथाबाट विभिन्न पुरस्कार एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।उक्त प्रतियोगितामा सहभागि भएका ५ सय ७० जनाले भाग लिएका थिए । पहिलो पुरस्कार जिल्लाका सन्तोष राणाले पाएका छन् । एक बर्षको लागि ५० एमबीपीएस इन्टरनेट सुविधा पाएका हुन् ।

त्यसैगरी दोस्रो पुरस्कार एक महिनाको लागि ५० एमबीपीएस इन्टरनेट सुविधा पाँच जनाले पाएका छन् । यसरी पुरस्कार पाउनेमा अमृत राना,सुरज लम्साल,पूर्णलाल श्रेष्ठ,गोपाल सुर्खाली र विनोद श्रेष्ठ रहेका छन् ।त्यसैगरी तेश्रो पुरस्कार पाँच सय ५५ मिनेट सबै नेट भ्वाइस प्याकमा पाँच जनाले पुरस्कार हात पारेका छन् । उक्त पुरस्कार पाउनेमा मनोज कुमारी वंशी ठकुरी,बिष्णु कुमार श्रेष्ठ,सन्दिप सुनार,अर्जुन अधिकारी र पूजा दवाडी रहेका छन् ।

त्यसैगरी,चौथो पुरस्कार २ सय ९९ मिनेट सवै नेटमा भ्वाइस प्याक पाँच जनाले पुरस्कार पाएका छन् । यसरी पुरस्कार पाउनेमा प्रसन्न जोशी,राजु बोगटी,दिनेश सापकोटा,रामप्रसाद भट्टराई र अनिसा पन्थ रहेका छन् ।त्यसैगरी सान्तवना पुरस्कार रु. एक सयको रिचार्ज कार्ड पाँच जनाले पाएका छन् । रमेश कुमार श्रेष्ठ,युवराज शाही,बुद्धिमान श्रेष्ठ,गणेश कुमार गोतामे र मिनराज थापा रहेका छन् ।

नेपाल टेलिकम तनहुँका प्रमुख इन्जिनियर प्रविण नेपालीको सभापतित्वमा प्रमुख अतिथी आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले,अतिथी दमौली कारागार प्रमुख नारायण प्रसाद अधिकारी,समाजसेवी कृष्णचन्द्र पाण्डे,पत्रकार एस.बि.नेपाली,महिला प्रतिनिधी शान्ताप्रभा सोती,टेलिकम दमौलीका कर्मचारी शरण सापकोटा,मनोरथ भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण कर्मचारी भगवान थापा क्षेत्रीले गर्नु भएको थियो ।

पुरस्कार सार्वजनिक गरेको मितिले ३५ दिनभित्र सक्कल परिचयपत्र खुल्ने कागजपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।सान्तवना पुरस्कार बिजेता ग्राहकहरुले एनसिएलको सिमकार्ड प्रयोग गरेको भएमा आफुले इच्छाएको व्यक्तिलाई प्रदान गर्न सकिने प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।