स्थानीय तह कार्यसम्पदानमा तनहुँको भानु नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार भानुले ७१.४ अङ्क प्राप्त गरी तनहुँमा प्रथम भएको हो ।
भीमाद नगरपालिकाले ६८.४ अङ्क प्राप्त गरी द्धितिय भएको छ । व्यास नगरपालिकाले ५६.४ अङ्क पाएको छ । शुक्लागण्डकीले ५२.४ अङ्क पाएको छ । गाउँपालिका तर्फ बन्दीपुरले ५९.८ अङ्क, म्याग्देले ५९.५ अङ्क, ऋषिङले ५६.३ अङ्क, आँबुखैरेनीले ५६ र घिरिङले ४३.२ अङ्क पाएको छ ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।