तनहुँको सदरमुकाम दमौली स्थित दमौली मोडल एकेडेमीका कक्षा ८ र ९ मा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक जनचेतना , लागु औषध र साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तनहुँ ,जिल्ला ट्राफिक प्रहरी तनहुँ र जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन भएको हो । कार्यक्रमको प्रशिक्षक जिल्ला ट्रफिक कार्यलय तनहुँका प्रहरी नायव निरिक्षक सुमन निउरेले गरेका थिए । कार्यक्रम केन्द्रका उपाध्यक्ष गोबिन्द पन्थ को सभापतित्व सम्पन भएको थियो। कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की रहेका थिए ।उक्त कार्यक्रममा ६५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।

