नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन फागुन ३ र ४ गते हुदैछ । “पुर्ण समानुपातिक र पहिचान सहितको राज्य व्यवस्थाको लागि हाम्रो आन्दोलन , वैज्ञानिक व्यवहारिक र वहुभाषिक संघीय शिक्षा प्रणालीको पक्षमा” भन्ने मुल नाराको साथ नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन हुन लागेको हो । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल मगर विद्यार्थी तनहुँको व्यवस्थापनमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मन्त्री एवं गण्डकी प्रदेशका संसद जित प्रकाश आलेले उद्धघाटन गर्ने गण्डकी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य बुद्ध गर्जा मगरले जनाकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा १० वटा जिल्लाबाट ५ सय भन्दा बढीको सहभागीता हुनेछ ।
कार्यक्रम अनसन चौतरीबाट र्याली र झाकि सहित सुरु हुने प्रदेश अध्यक्ष डेक पुन मगरले बताउनुभयो । मगरका अनुसार कार्यक्रमको तयारी पुरा भएको छ ।