३० औ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी (केन्द्र ) ऋषिङ्गले बिधार्थिलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ऋषिङ गापा वडा नं ३ स्थित रहेको श्री शिवसुन्दर प्रथामिक विधालयमा आज एक कार्यक्रमका बिच उक्त सामाग्री बितरण गरिएको थियो । नेकपा माओवादी ऋषिङ्का अध्यक्ष डम्बर वि•कको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी तनहुँका अध्यक्ष ओमराज आले मदन रहनुभएको थियो ।
कार्यक्रममा नुविना थापा , अनिस थापा, सनिसमा थापा, श्रीमाया थापा, आयुस थापा, राजेस थापा , सुदिप थापा लगाएतका बिधार्थिलाई शैक्षिक पोषाक र शैक्षिक सामाग्री वितरण गरीएको अध्यक्ष बि•क ले जानकारी दिनुभयो ।
कार्यक्रममा पाटीका नेता कुष ब थापा, मधुप्रसाद थापा ,बाबुराम वि क लगाएतको उपस्थिति रहेको थियो ।
