चौथो डुम्रे महोत्सवको काम तिव्र गतिले अगाडी बढाईएको छ ।“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुल नारा सहित अगामी फागुन १२ गतेदेखि २५ गतेसम्म महोत्सव हुदैछ । तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाण्ज्यि संघको संरक्षकमा सो महोत्सव हुन लागेको हो । महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको महोत्सवका मुल संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो। उहाँले महोत्सवको ७० प्रतिशत काम सम्पन्न भईसकेको जनाकारी दिनुभयो।
महोत्सवमा कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी ,महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जनाकारी दिनुभयो ।
महोत्सवको स्टल बुकिङ आधा भन्दा बढी भईसकेको र स्टल निर्माणको कार्य सुरु भएको महोत्सवका स्टल संयोजक राम जोशीले बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल लगाएत १ सय २५ वटा स्टल रहने जोशीले जनाकारी दिनुभयो । कृषि अन्तर्गत कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने उहाँले जनाकारी दिनुभएको छ।
महोत्सवमा रमाईलो मेला,मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।
महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गरि महोत्सवको प्रचार प्रसार तिव्र गरिएको महोत्सव प्रचार प्रशार संयोजक राजेश पियाले जनाकारी दिनुभयो।