तनहुँ तरङ्ग मिडिया प्रा लि का संचालक सुरेश सेन्चुरी सम्मानित हुनुभएकाे छ । नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघ, तनहुँद्धारा शनिबार दमाैलीमा आयोजित ११ औँ जिल्ला स्तरीय कराते प्रतियोगितामा सेन्चुरीलाई सम्मान गरिएकाे हाे ।प्रतिनिधि सभा सदस्य क्षेत्र नं २ माननीय शंकर भण्डारी र नेपाल कराते महासघ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापा मगर लगाएतले सम्मानपत्र सहित सेन्चुरीलाई सम्मान गर्नुभएकाे थियाे ।संघले आयाेजना गरेकाे विभिन्न खेलका कार्यक्रमहरू पत्रकारिताकाे माध्यमबाट अतुलनीय याेगदान पुराएकाे भन्दै सेन्चुरीलाई सम्मान गरिएकाे हाे ।सेन्चुरी लामाे समय देखि समाजमा भएका विसंगतिबारे कलम चलाउदै आउनुभएकाे छ ।
