जिल्लाको ऋषिङ गाउँपालिका वडा नं १ को वडा कार्यालय भवन निर्माण भएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका बिकास निर्माणमा गाउँपालिकाले प्राथामिकता दिदै आएकोले सबै वडावासी एकजुट भएर अगाडि बढे मात्रै कामले गति लिन सक्ने बताउनुभयो । भवन निर्माण भएसंगै नागरिकलाई सेवा प्रवाहमा सहज हुने उहाँको विश्वास रहेको छ । नवनिर्मित ऋषिङ्ग सभाहल १ करोड ५१ लाखमा निर्माण भएको र १० लाख बराबरको फर्निचरको व्यवस्था वडा कार्यलयले गरेको वडाध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई ढलानको वडा कार्यालय भवन ९१ लाखको लागतमा बनेको हो । उक्त भवन निर्माण भएसंगै ऋषिङ गाउँपालिका मातहत रहेका ८ वटै वडाका आफ्नै भवन रहेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो । त्यसैगरी आधारभूत स्वास्थ्य चौकीका पनि अधिकाँशको आफ्नै भवन रहेको छ । भवन उद्घाटन कार्यक्रममा पालिकाका उपाध्यक्ष गिनुमायाँ थापा, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई, नेका तनहुँका जिल्ला सदस्य मोहन गिरी, नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति श्रीबहादुर आले, समाजसेवी भूपाल सिंह थापा, मधुसिंङ थापा, नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारी लगायतले नव निर्मित भवनबाट नागरिकहरुले अझ सहज ढङ्गबाट सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
