तनहुँको ऋषिङ गाउँपालिकामा आइतबार आयोजित खुल्ला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँ प्रथम भएको छ । उक्त प्रतियोगितामा सहभागि ६ टिमलाई पछि पादैं नेपाल मगर संघले पहिलो पुरस्कार हात पार्न सफल भएको हो । प्रतियोगितामा ऋषिङ यूवा विकास समाज द्वितीय, ऋषिङ सांस्कृतिक समूह ऋषिङ–६ तृतिय तथा कितीया कान्राहा मगर समाज घिरिङ–५ सात्वना भएका थिए । कौराहा प्रतियोगितामा प्रथम, द्वितीय,तृतिय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ कर बाहेक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो । बिजयी टिमलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाथा थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई लगायतले पुरस्कार तथा प्रमाणपत्रसहित बधाई दिएका थिए ।