तनहुँ राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला हो । तनहुँ जिल्लाले राष्ट्रपति पाए पनि यहाँका स्थानिय भने तेति खुसि देखिदैनन् ।यतिबेला बुद्वसिंह मार्गको घुमाउने पुल ११ वर्ष सम्म पनि निर्माण नहुदा स्थानिय आक्रोसित बनेका छन् ।

घुमाउने पुल राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला मात्र नभई पौडेलले चुनाव जितेको निर्वाचन क्षेत्र पनि हो । चुनाबमा आश्वासन बाढ्दै हिडेका पौडेल राष्ट्रपति भएर आरामको जिबन बिताउदै छन् । तर उनलाई भोट हालेर जिताउने जनता सधै सास्ती भोग्न वाध्य छन् । भोट हालेको ब्यार्थ मानिरहेका छन् ।

चुनाब जिताए पछि बिकाश निर्माण होला, रोकिएका कामले गती पाउला भनि आश गरेका जनता अहिले बिरोधमा उत्तीरहेका छन् । उनि राष्ट्रपति भएपछि गृह जिल्ला त आए तर बिद्यालय र हल उद्धाटन गरेर फर्किए । पौडेलले छिटै बिकास गर्छु भन्दै हिडेका बाटो, तरेका पुल र चडेका डाँडा आजपनि उस्तै छन् । चुनाब अगाडी दिएका आश्वासन मध्य अलपत्र बनेको आश्वासन एउटा घुमाउने पुल पनि हो ।

तनहुँको दमौली देखि बुद्वसिंह मार्ग हुदै चितवन जोड्ने निर्माणधीन रहेको घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेको भन्दै सोमबार स्थानीयले दमौलीमा विरोध गरेका छन् । घुमाउने पुल तथा अन्य सरोकार एवम् संघर्ष समिति तनहुँले भुतखोलामा पुल कहिले बन्ने ,सुडेखोला पुल कहिले बन्ने हो , ढाँड खोला पुल कहिले बन्छ, जनता माथि अन्याय गर्न पाइदैन ,यस भुगोलका माननीयहरु खबरदार लगाएतका प्ले कार्ड सहित विरोध गरेका हुन् ।

स्थानियले घुमाउनेको पुल तत्कालै बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यलय तनहुँ ,पुर्वधार विकास कार्यलय तनहुँ ,सडक डिभिजन कार्यलय तनहुँमा धर्नाका साथै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा उल्लेख अनुसार तनहुँ र चितवान बिचको दुरी कम र सजिलै आवतजावत गर्न सकिने छ । व्यास १ बाट सुरु हुने बुद्धसिङ मोटरमार्ग, सेती र मादी किनारा हुदै व्यास १३ , व्यास १४, बन्दिपुर ६ , आँबुखैरेनी ५ र ६ नं वडालाई सहजै जोड्छ । सो मार्ग र घुमाउनेघाट पुल निर्माण वि स २०७१ असारमा सडक विभाग कार्यलय तनहुँ र हेटौडा स्थित मृत संजीवनी निर्माण कम्पनी बिच सम्झौता भएको थियो ।

११ वर्ष अगाडी सम्झौता भएको १ सय ५ मिटर लम्वाई फुटपाथ सहित ११ मिटर चौडाई डिजाइनमा रहेको पुल हाल सम्म ३० प्रतिशत काम मात्रै भएको उल्लेख गरिएको छ । सडक विकाशको दृष्टिकोणले आवश्यकता रहे पनि यो काम अगाडी बढ्न सकेको छैन । सो घुमाउने पुल बाहेक साराङघाट सेती नदीमा मोटररेवल पुल निर्माण र बुद्दसिङ मार्ग संचालनमा आवश्यक अन्य खोला पुलहरु सुडे खोला ,ढाँड खोला, खानीखोला ,बगरखोला र भुत खोलामा समेत पुल निर्माण योजना तत्काल पहल गर्न ध्यानार्कषण गराएको बताईएको छ ।

सोमबार दमौलीमा व्यास, देबघाट, आँबुखैरेनी र बन्दिपुरका स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो हेर्न लिङ्क थिच्नुहोस ।

https://fb.watch/xnf5OEdgcw